२००४ मा सङ्क्रमण, १६ को निधन

बिहीबार, भदौ १७, २०७८

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई हजार चार जनामा देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन् । सङ्क्रमणबाट निको भई आज एक हजार ८४६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २१ हजार १८२ जना निको भई घर फर्किएका छन् । बुधबारको तुलनामा निको हुने दर बढेको छ । हिजो ९४.१ प्रतिशत निको हुने दर रहेकामा बढेर ९४.२ प्रतिशत पुगेको छ ।  यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ । बुधबारभन्दा आज निधन हुनेको सङ्ख्यामा कमी आएको हो । हिजो २० जनाको सङ्क्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ७८६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६३.५ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । 
यस्तै ५४४ जना सघन उपचार कक्ष, १६६ जना भेन्टिलेटर, ३१ हजार ६१९ होम आइसोलेसन,  दुई हजार ३२७ जना संस्थागत आइसोलेसन र ३०२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ । ५०० भन्दाबढी सङ्क्रमित हुने जिल्ला १९ वटा रहेका छन् । आज एक लाख १७ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्  । 

प्रदेश नं १ मा ३८३ जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९ मध्ये विराटनगरमा ४५, झापामा ७७, सुनसरीमा ६६, इलाममा पाँच, धनकुटामा तीन, उदयपुरमा दुई र प्रदेश बाहिरका आठ जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ४४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २३१ महिला र २१६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार