उद्यममा दिदीबहिनीको तरक्की - शारदा खनाल भट्टराई र रुपा अधिकारी

बुधबार, भदौ १६, २०७८

उद्यममा दिदीबहिनीको तरक्की शारदा खनाल भट्टराई र रुपा अधिकारी दिदीबहिनी हुन् । उनीहरुले पक्नाजोलमा न्यायो कलेक्सन सुरु गरेको १० वर्ष बढी भयो । उनीहरुको कलेक्सनमा थरिथरिका कुर्तासुरुवाल, साडी, टप्स लगायत महिलाले लगाउने पहिरन पाइन्छ । उनीहरु आफ्ना ग्राहकलाई उनीहरुको रुचि र चाहना अनुसारमा कपडा मात्रै उपलब्ध गराउँदैनन्, आर्थिक रुपमा आत्मनिर्भर हुन समेत प्रेरित गर्छन् । पसलमा आउने जो कोही पनि फर्कर्ने बेलामा ‘म पनि केही गर्छु ’ भन्ने सोच सहित फर्कन्छ । शारदाले सुरुमा साथीहरुसँग मिलेर लुगाको व्यवसाय थालेकी रहेछिन् । समयक्रमसँगै उनले आफ्नै दिदी रुपासँग मिलेर काम गर्ने निधो गरिन् । आफूले गरेको त्यो निर्णय राम्रो भएको विश्लेषण उनकोे छ । भन्छिन् ‘यसरी काम गर्दा परिवारभित्रै रोजगारी सिर्जना हुने रहेछ, अर्को कुरा एकले अर्कालाई सहयोग हुने अनुभव बटुल्यौंं ।’ दिदी रुपा पनि दिदीबहिनी मिलेर काम गर्दा खुशी छिन् । आर्थिक आत्मनिर्भरता महिला सशक्तिकरणको सबैभन्दा महत्वपूर्ण तत्व भएको बताउँछन् उनीहरु । उनीहरु अन्य महिलालाई दिदीबहिनीलाई खाली हात नबस्न अनुरोध गर्छन् । भन्छन्, ‘श्रीमानलाई पनि सहयोग हुन्छ, आफूलाई खर्च गर्न अरुसँग माग्न पर्दैन । ’

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार