जीपी अस्पताललाई शववाहन प्रदान

मंगलबार, भदौ १५, २०७८

तनहुँ । सूर्य नेपाल प्रालिले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई सोमबार शव वाहन उपलब्ध गराएको छ । प्रालिका व्यवस्थापक बाबुराम कार्कीले प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई शव वाहनको साँचो हस्तान्तरण गरेका हुन्। प्रजिअ आचार्यले अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्य र निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई उक्त साँचो संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । जिल्लामै शव वाहन नहुँदा शव व्यवस्थापनमा समस्या भइरहेकाले आफूहरूले सामाजिक उत्तरदायित्व बहन गरेको प्रालिका व्यवस्थापक कार्कीले बताए । शव वाहनको अभावमा कोभिडबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या भएपछि यस कम्पनीसँग  सहयोग माग गरिएको थियो भन्दै प्रजिअ आचार्यले यसबाट  जिल्लाका १० वटै पालिकाकालाई सहज हुने बताए। 
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा श्रेष्ठले शव वाहन नहुँदा जिल्लावासीले कठिनाइ भोग्नु परेको अवस्थामा आउँदा दिनमा सहज हुने  चर्चा गरे ।

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार