सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विगत २४ घण्टामा नेपालभरि थप २,५७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा १८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले अपराह्न जनाएको छ । सो अवधिमा ११,११७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङख्यामा सङ्क्रमितहरू फेला परेका हुन् । काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ । सङ्क्रमितमध्ये १,०५१ महिला र १,५२० पुरुष छन् । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङख्या १,९७,००० नाघेको छ । तीमध्ये १,५९,७२४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा १,१२६ सङ्क्रमितको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । विगत २४ घण्टामा १,७९८ जना निको भएको मन्त्रालयले जनाएको छ । शनिवार २,७५३ जनामा सङ्क्रमण र आइतबार २,८१७ जनामा कोरोनाभाइरस सङ्क्रमण र २१ जनाको मृत्यु भएको थियो । अहिले देशभरि ३६,१७४ सक्रिय सङ्क्रमित छन् । काठमाडौंमा१,१३६ जनासहित उपत्यकामा २४ घण्टाको अवधिमा १,४२८ सङ्क्रमित थपिएका हुन् । अहिले काठमाडौंमा १५,९८२ जनासहित उपत्यकामा १९,३८४ सक्रिय सङ्क्रमित छन् । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना छन् भने ९ सय ६७ जना क्वारेन्टाइनमा रहेका छन् ।