थपिए २ हजार ४३३ संक्रमित, निको भए १ हजार ९२९

बिहीबार, भदौ १०, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ३७४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ९ हजार ७०२ जनाको पिसिआर र ४ हजार ६७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै, १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।  यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार ३८४ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३। ५ प्रतिशत रहेको छ । यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७३३ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार