कोरोना संक्रमण परीक्षणको नयाँ विधि

सोमबार, पुस २०, २०७७

वागमती । हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमण परीक्षणको नयाँ विधि सोमबारदेखि शुरु भएको छ । पिसिआरको सट्टा एन्टिजेन परीक्षणको विधिमार्फत कोरोना संक्रमणको परीक्षण शुरु भएको हो । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार पिसिआर परीक्षणका लागि भिटिएम पनि सकिएको र यो नयाँ विधि आएकाले यसलाई आधारिकता दिएर कोरोना संक्रमण परीक्षण शुरु गरिएको जानकारी दिए । 
कोरोना संक्रमण परीक्षणका लागि नेपालमा दुई विधि स्वीकृत भएको छ । जसमा पहिलो पिसिआर तथा दोस्रो एन्टिजेन परीक्षण विधि रहेको छ । एन्टिजेन विधिबाट परीक्षणका लागि बिहान तथा दिउँसो गरी दुईपटक जाँचको व्यवस्था गरिएको छ । यो विधिबाट अहिले तत्काल तीन हजार जनाको परीक्षण गर्ने गरी सामग्री आएको उनले जानकारी दिए । 
कोरोना जाँचका लागि पिसिआर परीक्षण जस्तै एन्टिजेन परीक्षण पनि नाकबाट स्वाब निकालेर गरिन्छ । यस विधिबाट कोरोनाको सक्रिय संक्रमित पत्ता लगाउन निःशुल्क परीक्षण गरिन्छ । सक्रिय संक्रमितको पहिचान हुन नसक्दा थप संक्रमित बढ्न सक्ने प्रक्षेपण भएकाले सरकारले उक्त नीति लिएको हो । पिसिआर परीक्षण गर्दा नतिजा ढिलो हुने तथा खर्च बढी लाग्ने भएकाले एन्टिजेन परीक्षण विधिमा जोड दिइएको हो

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  २१:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार