सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले भदौ १० र ११ (बिहीबार र शुक्रवार) महानगरभित्र सञ्चालित विद्यालय र विश्वविद्यालय विद्यार्थीलाई भेरोसिलको पहिलो मात्रा खोप लगाउने भएको छ । त्यसैगरी यी दुवै दिनहरूमा महानगरभित्र बसोबास गर्ने ४० वर्ष माथिकालाई पनि भेरोसिलको पहिलो मात्रा लगाउने महानगरद्धारा जारी सूचनामा उल्लेख छ । भेरासिलको पहिलो मात्रा लगाएको २१ दिन पूरा भएकालाई महानगरले भदौ १२, १३, १४ गते दोस्रो मात्रा लगाउने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । उनले भने, ‘खोपको उपलब्धतासँगै सबै पेशा र उमेर समूहलाई खोप उपलब्ध गराउँछौ ।’ र्यापिड रेस्पोन्स टिमका संयोजकसमेत रहेका अर्यालले वडौ पिच्छे तोकिएका खोप केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गरेका छन् । विद्यार्थीलाई विद्यार्थी परिचयपत्र र अन्यलाई उमेर खुल्ने परिचयपत्रको आधारमा खोप लगाइनेछ । दोस्रो मात्रा खोप लगाउन जानेले खोपकार्डसहित जानुपर्नेछ ।