सागका स्वर्णधारी कराँते खेलाडी राईको कोरोनाबाट निधन

बुधबार, भदौ २, २०७८

काठमाडौँ । दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक पदकधारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ । नेपालमा सम्पन्न आठौँ सागमा कराँतेका स्वर्ण पदक जितेका कराँते खेलाडी राईको आज नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।  कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो ।  राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जितेका थिए । उनका श्रीमती र एक छोरा छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  २२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार