थप २८१७ जनामा कोरोना भाइरस संक्रमण

उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि
आइतबार, कात्तिक २३, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना छन् । 
कहाँ कति ?
पछिल्लो २४ घण्टामा मोरङमा १५५, चितवनमा १५२, दाङमा ९८, कास्की र नवलपरासी पूर्व ८४–८४, सुनसरीमा ७३, रुपन्देहीमा ६९, बाँकेमा ६८, झापामा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कैलालीमा २९, धनुषामा २७, तनहुँमा २२, सिन्धुपाल्चोकमा २१, काभ्रे र लमजुङमा १८–१८, मकवानपुरमा १७, सप्तरीमा १६, धादिङमा १५, दोलखा र सिन्धुलीमा १४, पाल्पा र बर्दियामा १३–१३ र कञ्चनपुरमा १२ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
उदयपुर, सिराहा, कपिलवस्तु, नलवपरासी र बझाङमा ९–९ जना, तेह्रथुम, गोरखा, पर्वत र अर्घाखाँचीमा ८–८ जना, बारा र सुर्खेतमा ७–७, पर्सा, स्याङ्जा र सल्यानमा ६–६ र इलाम, खोटाङ, सर्लाही, नुवाकोट, रामेछाप, म्याग्दी, गुल्मी र अछाममा ५–५ जनामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै पाँचथर, मुस्ताङ र रुकुम पश्चिममा ४–४ जना, ओखलढुंगा, भोजपुर, धनकुटा र संखुवासभा, बाग्लुङ, रोल्पा र डडेल्धुरामा ३–३ जना, सोलुखुम्बु, महोत्तरी, रौतहट, प्युठान र दैलेखमा २–२ जना र ताप्लेजुङ, रुकुमपूर्व, जुम्ला र बाजुरामा १–१ जना संक्रमित भेटिएका छन् ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार