प्रदेश नं १ मा थप ६९२  जनामा कोरोना सङ्क्रमण, २१ जनाको मृत्यु

मंगलबार, भदौ १, २०७८

विराटनगर, ३२ साउन (रासस) ः पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक हजार ५३४ जनाको पिसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा ८९ मध्ये विराटनगरमा ३४, सुनसरीमा ११५, झापामा २११, धनकुटामा ११, इलाममा नौ, भोजपुरमा तीन, ताप्लेजुङमा दुई, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्बु र सङ्खुवासभामा एक÷एक तथा प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ४९३ सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २५८ महिला र २३५ पुरुष छन् । सो अवधिमा १२ महिलासहित २१ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार