सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार थप ९६१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । केही दिनयता उपत्यकासहित देशका प्रमुख शहरहरुमा कोरोना भाइरसको संक्रमणको दर बढ्दो छ । संक्रमित बढ्न थालेपछि लकडाउन कडा पार्न थालिएको छ । काठमाडौं उपत्यकामा पनि राति ८ बजेपछिको सवारी आवगमन निषेध नै भइसकेको छ । देशभर पछिल्लो चौबीस घन्टामा थप ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जना संक्रमितको मृत्यु भएको छ । देशभर हालसम्म ३९ हजार ३७१ जना सक्रिय संक्रमित छन्। सोमबार २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् । गत चौबीस घन्टामा १० हजार ९३ पीसीआर तथा ५ हजार ५१८ एन्टिजेन परीक्षण भएको छ ।