मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

शनिबार, मंसिर ५, २०८३

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमा र यादव नियुक्त भएका छन् ।  प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको जानकारी गराएको छ । शुक्रबार बेलुका ४ बजेसम्म सरकार गठनका लागि तोकिएको समय अवधिभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशको सबैभन्दा ठूलो दल लाई नेतृत्व गर्न दिइएको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार