Tihar Banner
Tihar Banner

रसियासँग हारेको नेपाली चेस टिमले युएईलाई पराजित गरे

बिहीबार, कात्तिक २६, २०८३

काठमाडौं । युएई चेस फेडेरेशन तथा एशियन चेस फेडेरेशनको संयुक्त आयोजनामा नोभेम्बर १० देखि एशिया नेशन कप अन्तर्राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु भएको छ । संयुक्त अरब इमिरेट्सको आबुधाबी स्थित शेराटन आबु धाबी होटल एण्ड रिसोर्टमा बुधबार सम्पन्न दोश्रो चरणको खेल नेपाली चेस टिमले आयोजक युएई–३ लाई ३–१ स्कोरले पराजित गर्द २ अंक जोडेका छन् । नेपालका सिएम पुरुषोत्तम सिलवालले युएईका १८६३ रेटेड अलीक खब्दुल्लालाई, रिसोन थापाले १८५३ रेटेड अल्हेमेरिलाई तथा निकेन कुसाथाले १८५४ रेटेड फहाद अल अललाई हराए भने २००३ रेटेड मुहान नरसिंह श्रेष्ठ १७९९ रेटेड सुल्तान अलहुसेनसँग हार्नु पुगे । यसअघि एशियाली अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको पहिलो चरणमा विश्वकै सशक्त टोली रसियासँग नेपल ४–० को स्कोरमा पराजित भएका थिए ।  पहिलो वोर्डमा रसियन २६८३ रेटेड ग्रायण्ड मास्टर एण्ड्रे इसिपेन सँग २१७६ फिडे मास्टर रुपेश जैसवाल हारे। दोश्रो वोर्डमा अर्का २६५४ रेटेड जिएम डानीयल डुबोभ सँग २१३३ रेटेड सिएम पुरुषोत्तम सिलवाल पराजित भए । तेश्रो वोर्डमा २६०८ रेटेड जिएम एलेक्सेया ग्रेवन सँग २०७५ रेटेट रिसोन थापा तथा २५८८ रेटेड जिएम सँग २००३ रेटेड निकेन कुसाथाले सहज हार व्यहोर्न पुगे । नेपालले तेस्रो चरण खेलमा मलेसियाको टोली सँग प्रतिस्पर्धा गरिरहेको छ । खेलमा एफएम रुपेशको २३७० रेटेड आईएम किम एउ चानसँग, सिएम पुरुषोत्तम २३०६ रेटेड एफएम एर्न आङ् सँग, रिसोन २२९२ रेटेड एफएम जु रेन लिनसँग तथा मुहान २२५२ रेटेड एफएम जियानवेन वोङ सँग स्पर्धामा छन् । कूल २० टोलि सहभागी एशियायी प्रतियोगिताको दोश्रो चरण सकिदा रसिया, काजकिस्तान, भारत र चीन समान ४ अंक सहित संयुक्त अग्रस्थानमा छन् ।  तेस्रो चरणमा भारत र काजकिस्तान, चीन र रसिया, मंगोलिया र उज्बेकिस्तान, युएई र सिरिया विच प्रतिस्पर्धा चलिरहेको छ । विश्व मञ्चमा विश्वका दिग्गज चेस खेलाडी सम्मिलित प्रतिस्पर्धामा नेपाली खेलाडीले टिम भावना र व्यक्तिगत उत्कृष्ट खेल मार्फत राम्रो चुनौती प्रस्तुत गर्दै ध्यान आकर्षित गरिरहेको  नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले जानकारी दिएका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार