सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बाढीले बगाएको छ । गत असोज २५ गते बिहान चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीचको सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि स्थानीय उइनगुलुङ खोला थुनिएको थियो । खोला थुनिएर बुढीगण्डकी नदीमा बाढी आएपछि पुल बगाएको प्रहरीले जनाएको छ । पुल बगाएसँगै उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ः४० बजे माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । प्रहरीले बिहीबार बिहान सूचना सार्वजनिक गर्दै दुवै सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ ।