सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौंमा जारी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्स भिड्दै छन् । यस्तै साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने छन् । पोखरा र विराटनगर दुवै टोलीका लागि आजको खेल ‘प्लेअफ’ सम्भावना जीवित राख्न महत्त्वपूर्ण छ । छैटौँ स्थानमा रहेको विराटनगरले पाँच खेल खेल्दा दुईमा जित हासिल गरेको छ भने तीन खेल हारेको छ । तालिकाको आठौँ स्थानमा रहेको पोखराले भने पाँच खेलमा चार हारेको छ भने एक खेलमा मात्र जित दर्ता गरेको छ । दोस्रो खेलमा प्लेअफ सम्भावना कायमै राख्न कर्णाली याक्स जित्नैपर्ने दबाबमा छ । तालिकाको सातौँ स्थानमा रहेको उसले पाँच खेलमा तीनमा पराजय र दुई खेलमा मात्र जित हात पारेको छ । लुम्बिनीको प्लेअफ सम्भावना भने बलियो छ । अहिले तालिकाको तेस्रो स्थानमा रहेको उसले पाँच खेल खेल्दा तीनमा जित, एक खेलमा हार तथा एक खेलमा वर्षाका कारण अंक बाँडेको छ । एनपीएलको जारी संस्करणमा पनि आठ टोली सहभागी छ। प्रतियोगिता मंसिर ५ सम्म सञ्चालन हुनेछ ।