Tihar Banner
Tihar Banner

अरूण नदीकाे फेरी आज दुई बजेसम्म बन्द  रहने

बुधबार, कात्तिक २५, २०८३

भाेजपुर । अरूण नदीमा सञ्चालनमा रहेकाे फेरी आज बुधबार दुई बजेसम्म बन्द गरिएकाे छ । भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्वर ९ काे सिमाना अरूण नदीमा सञ्चालित फेरी दुई बजेसम्म बन्द गरिएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र उदासले बताए । याे फेरीले भाेजपुरकाे उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछाे गाउँपालिकाका नागरिकलाई खाँदबारी हुँदै तराईका जिल्लाहरूसँग आवतजावत गर्न सहज बनाएको छ । दिउँसो दुई बजेपछि भने सेवा पुन सुचारू गरिने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार