सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो । जसमा चमिका करूणारत्नेले २५,कप्तान कुशल भुर्तेलले १४ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३,तिलक भण्डारीले २ विकेट लिए । दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अंक बाँडेको छ । लुम्बिनी आज आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ । अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ। आज तेस्रो खेल खेल्न लागेको पोखरालाई प्रतियोगितामा पहिलो जित निकाल्नुपर्ने दबाब छ । यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो ।