सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दाेस्राे जित दर्ता गरेको छ । दाेस्राे जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे । जितका लागि पाएकाे १३० रनकाे लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेटकाे क्षतिमा पूरा गर्यो। जसमा ब्रेनडन म्याक्लमले ४३ रन जाेडे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यसअघि सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा६ विकेटको क्षतिमा १२९ रन बनायाे । जसमा रवी बाेपराले सर्वाधिक ४९ रन जाेडे । सुदूरपश्चिमका स्कट कुइगलीनले २ विकेट लिए ।