तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

सगरमाथा क्लब २४ स्वर्णसहित पहिलो दिनमै शीर्ष स्थानमा

शनिबार, कात्तिक १४, २०८३

नेपालगन्ज । नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै स्वर्ण जितेर अग्रता लिएको छ । नेपाल पौडी सघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबको आयोजना गरेको प्रतियोगिताको पहिलो दिन ४० वटा इभेन्ट सम्पन्न हुँदा सगरमाथा क्लले २४ वटा स्वर्ण मेडल जितेर अग्रता लिएको प्रतियोगिताका प्रमुख रेफ्री विष्णु खड्का क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा नयाँ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले १० स्वर्ण जितेर दोस्रो अग्रता लिएको छ । प्रतियोगितामा ललितपुरको रातो बंगला र मपिल क्यानेडिन स्कुल काठमाडौं दुई दुई स्वर्ण जितेर तेस्रो स्थानमा अग्रता र लखनउ भारतको गल्स कलेज र शिखा एकेडेमीका चौथो स्थानमा अग्रता लिएको खड्काले बताए । अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडिहरुले प्रतिस्पर्धा गर्ने छन । खेलाडीहरुका बिचमा फ्रि स्टाइल, बेष्टस्ट्रोक , ब्याकस्ट्रोक , बटरफ्लाइ , रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुटटा छुटटै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । आइतबार थप ४० इभेन्ट रहेका छन् । प्रतियोगितामा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट १५० जना खेलाडीहरु सहभागी भएका छन् । स्वीमिङलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेपालगन्जका स्वीमिङ खेलप्रेमी उद्योगी, ब्यवसायी, डाक्टर, इन्जिनियर, कानुन ब्यवसायी, चार्टर एकाउन्टेड , सञ्चारकर्मी लगायत नागरिक समाजका अगुवाहरुको पहलमा गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो । यस अघि नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार