एनपीएल : सुदूरपश्चिम र विराटनगरकाे खेल ढिलाइ 

शनिबार, कात्तिक १४, २०८३

काठमाडौं : राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आज हुने भनिएको सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्सबीच दाेस्राे खेल वर्षाका कारण प्रभावित भएकाे छ। ५ बजेदेखि खेल सञ्चालन हुने भएपनि वर्षाका कारण मैदान भिजेकाले अहिलेसम्म टस समेत हुन सकेकाे छैन ।  वर्षा राेकिएकाे भएपनि  त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानकाे आउटफिल्ड भिजेका कारण अहिलेसम्म टस हुन नसकेकाे हाे । आउटफिल्ड सुकाउने काम भइरहेकाे छ। ओभर घटाएर भएपनि खेल सञ्चालन गर्ने तयारी क्यानकाे रहेकाे छ । एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो ।  हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ । यसअघि आजै हुने भनिएकाे लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाकै कारण रद्द भएको थियाे। याे खेल टस नै हुन नपाएर खेल रद्द भएको हाे । खेल रद्द भएसँगै दुबै टाेलीले १/१ अंक बाँडेका छन् ।  अंक बाँडेसँगै लुम्बिनी ३ अंकसहित दाेस्राे र समान ३ अंकसहित चितवन तेस्रोमा उक्लिएकाे छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार