दिल्लीमा तयार ‘मेरे यारा’मा अष्ट्रेलियाका प्रदीप र देहरादूनकी स्मृति 

शनिबार, कात्तिक १४, २०८३

काठमाडौं । लोकप्रिय हिन्दी गीतहरूको छायांकन भएका आकर्षक लोकेसनमा छायांकन गरिएको हिन्दी म्यूजिक भिडियो ‘मेरे यारा’ सार्वजनिक भएको छ ।  प्रेम, रोमान्स र सुन्दर दृश्यहरूको संयोजन रहेको यस भिडियोले दर्शकलाई गीतसँगै दिल्लीका रमणीय स्थानहरूको यात्रा गराउनेछ । नितिन चन्दको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा अष्ट्रेलियाका कलाकार प्रदीप तिमल्सिना र देहरादूनकी मिस उत्तराखण्ड स्मृति रावतले अभिनय गरेका छन् । एनसीएक्स स्टुडियोज इन्टरनेसनलको निर्माणमा तयार भएको भिडियो मुम्बईस्थित एफएमडी म्युजिकले सार्वजनिक गरेको हो । भिडियोको छायांकन दिल्लीमा गरिएको थियो भने लाइन प्रोड्युसर राजेन्द्र घिमिरेले यसको व्यवस्थापन गरेका थिए। घिमिरेले ‘तेन्जिन’, ‘इन्डियन ३’ र ‘जेलर २’ जस्ता ठूला ब्यानरका फिल्ममा समेत काम गरिसकेका छन् । नेपाल, भारत र अष्ट्रेलियाका कलाकार तथा प्राविधिकको सहकार्यमा बनेको ‘मेरे यारा’ अहिले एफएमडी म्युजिकको युट्युब च्यानलमा उपलब्ध छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार