इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

शुक्रबार, कात्तिक १३, २०८३

काठमाडौँ । एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ । २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ । ४१ वर्षीय निविन पोली र २५ वर्षीया ममिथा बैजु मुख्य भूमिकामा रहेको यो फिल्म हालसम्मकै सर्वाधिक कमाइ गर्ने मलयालम फिल्म बनेको दाबी गरिएको छ ।  गिरिश एडिको निर्देशनमा बनेको फिल्मका सहनिर्माता फहद फासिल, दिलिश पोथन र श्याम पुष्करन हुन् । फिल्म एस्ली र उनीभन्दा उमेरले जेठा छिमेकी जस्टिनबीचको सम्बन्धमा केन्द्रित छ । एस्ली र उनको परिवार मुन्डक्कायमबाट करुकुट्टीमा बसाइँ सर्छन् र जस्टिनका छिमेकी बन्छन् । ४० वर्ष नाघिसकेका जस्टिन अविवाहित छन्, तर आफ्नो छरछिमेकमा निकै प्रिय छन् । एस्ली उनीप्रति आकर्षित हुन्छिन् । अब अगाडि के हुन्छ र यो अप्रत्याशित जोडी अन्त्यसम्म टिक्न सक्छ कि सक्दैन भन्ने नै मुख्य प्रश्न हो । प्रेम, हास्य तथा पारिवारिक कथावस्तुलाई दर्शकले रुचाएका कारण फिल्मलाई दर्शकले मन पराए । मलयालम फिल्म उद्योगमा तुलनात्मक रूपमा कम बजेटमा बलियो कथा र प्रभावशाली प्रस्तुति भएका फिल्म निर्माण हुने गरेको चर्चा हुँदै आएको छ ।  मलयालम फिल्ममा इतिहास रच्न सफल फिल्म नेपालमा डिगोमा हेर्न सकिन्छ । जिओहटस्टारलाई नेपाल भित्र्याएको डिगोले ‘बिग बोस’, ‘इन्डिया का टप १ पर्सेन्ट’ र पछिल्लो समय चर्चामा रहेको ‘कफी विथ करण’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि ल्याएको छ । जिओहटस्टारमा उपलब्ध यी कन्टेन्ट नेपालमा विना झन्झट सरल तरिकाले डिगोमा हेर्न सकिन्छ ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार