सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कात्तिक १२ गतेको मितिमा लामालाई अध्यक्ष पदमा मनोनीत गरेको पत्रमार्फत जानकारी गराएको हो । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई अध्यक्ष पदमा मनोनीत गरिएको पत्रमा उल्लेख छ । त्यसैगरी, आगामी छ महिनाभित्र नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गरी संगठनलाई थप मजबुत बनाउने विश्वाससमेत पत्रमा व्यक्त गरिएको छ । मनोनीतसम्बन्धी पत्रमा १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको हस्ताक्षर रहेको छ ।