सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । युनिस ठकुरी र हुसैन तलातको घातक बलिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ । मंगलबारको दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराउँदै एनपीएलमा सुखद सुरुआत गरेको हो । कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै १ सय १३ रनमा अलआउट भयो । जनकपुरलाई कम स्कोरमा रोक्न कर्णालीका युनिस ठकुरी र तलात हुसैनले समान ३ विकेट लिए। युनिसले आफ्नो स्पेलमा १ मेडन राख्दै २२ रन खर्चे। हुसैन तलातले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । हुसैनले ४ ओभरमा २५ रन दिए। सोमपाल कामीले २ ओभरमा ५ रन दिएर एक विकेट लिए । नन्दन यादवले दुई विकेट आफ्नो नाममा गरे । जनकपुरका लागि कप्तान हरमित सिंहले बनाएको १९ रन नै सर्वाधिक रह्यो । उनले उनले १३ बलमा २ चौका हाने। मोइन अलीले १९ रन बनाउँदै पेभेलियन फर्के। जेम्स निसमले १५, अनिल सा ले ११ रन थपे। अविशेक तिवारी २० रन बनाउँदा क्याच आउट हुन पुगे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल तयार पारेको थियो । आक्रामक सुरुआत गरेको कर्णालीले पावर प्ले मा नै ३ विकेट गुमाएको थियो। त्यसपछि केही दबाबमा परेको कर्णालीका कप्तान लागि अरिफुल इस्लाम र पवन सर्राफले इनिङ्स सम्हालेका थिए । अरिफुल इस्लामले बनाएको ४३ रन नै सर्वाधिक रह्यो। उनले २९ बलमा ४ चौका सहयोगमा ४३ रन बनाए । ३७ बलमा ३ छक्का सहयोगमा ३७ रन नै बनाएका पवन सर्राफ ललित राजवंशीको बलमा जिम्मी निशमको हातबाट क्याच आउट हुन पुगे । दिपक डुम्रेले १३ र गुल्सन झा ले १२ रन थपे । ५ बलमा १ रन बनाएका कप्तान सोमपाल कामी हरमितको बलमा एलबीडब्लु धरापमा परे । हुसैन तलात ३, मार्क वाट र अकबर अली समान १ रनमा आउट भए । नन्दन यादव ९ रनमा रनआउट हुन पुगे । कर्णालीलाई कम स्कोरमा रोक्न जनकपुरका कप्तान हरमित सिंहले ३ विकेट लिए । उनले आफ्नो स्पेलमा १ मेडन राख्दै २२ रन दिए । मोइन अली र राहुल यादवले समान २ विकेट लिए। ललित राजवंशीको नाममा एक विकेट रह्यो । आजै भएको पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराउँदै चितवनले पनि सुखद सुरुआत गरेको छ । चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर ३ बल अगावै १ सय ४९ रनमा अलआउट भयो । विराटनगरका लागि ओपनर इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए । आन्द्रे रसेल ३३ रन बनाउँदै पेभेलियन फर्के। एंगेलो म्याथुसले १४ र बसिर अहमदले १३ रन थपे । चितवनका लागि कमल ऐरिले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा २६ रन खर्चे। रिजन ढकालले २ विकेट लिए । रन्जित कुमार, टम टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट आफ्नो नाममा गरे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५७ रनको योगफल तयार पारेको थियो । एनपीएलमा बुधबार एक मात्र खेल हुनेछ । बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ । एनपीएलमा पोखरा पहिलो खेल खेल्न लागेको हो । सुदूरपश्चिमको भने दोस्रो खेल हुनेछ । पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।