सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सानदार सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ विकेटको क्षतिमा ९।५ ओभरमा भेट्टायो । पहिलो विकेटका लागि ओपनर डार्सी सर्ट र आशिफ शेखले ६.२ ओभरमा ७१ रनको मजबुत साझेदारी गरे । डार्सीले ४० र आशिफले ३२ रन बनाए । निरोशन डिकवेला ७ रन जोडेर आउट भए । सुदूरपश्चिमका लागि अनिल खरेलले २ र कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए । उद्घाटन खेलले दोस्रो सिजनको फाइनल खेलको झल्को दिएको थियो । अघिल्लो सिजनको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६६ बल बाँकी हुँदा ६ विकेटले पराजित गरेको थियो । गत सिजनको फाइनल र यो सिजनको उद्घाटन खेलमा रन र विकेटका हिसाबले उस्तै रह्यो । गत सिजन सुदूरपश्चिम ८५ रनमा अलआउट भएको थियो । लुम्बिनीका रुवेन ट्रम्पलमेन, शेर मल्ल र रोहित पौडेलले समान ३ विकेट लिएका थिए । सुदरपश्चिमका लागि इशान पाण्डेले ३३ र दिपेन्द्रसिंह ऐरिले १३ रन बनाएका थिए । आज लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सदूरपश्चिम १७।२ ओभरमा अलआउट भयो । बलिङतर्फ लुम्बिनीका किशोर महतो र शेर मल्ल हाबी भए । सुदूरपश्चिमलाई कम स्कोरमा रोक्नमा किशोर महतोले सर्वाधिक ४ विकेट लिए । उनले आफ्नो स्पेलमा २८ रन खर्चेर ४ विकेट लिए। शेर मल्लले ४ ओभरमा ११ रन दिदै ३ विकेट आफ्नो नाममा गरे । किशोरले पाचौँ ओभरको दोस्रो बलमा आरिफ शेख र चौथो बलमा ब्रान्डोन म्याकमुलेनलाई आउट गरे । १३ औँ ओभरको तेस्रो बलमा दीपेन्द्र र चौथो बलमा हेमन्त धामीलाई पेभेलियनको बाटो देखाए । साड्ली भान स्कालविक, तिलक भण्डारी र रोहित पौडेलले समान १ विकेट लिए । सुदुरपश्चिमका लागि कप्तान दीपेन्द्रले २७ रनको सर्वाधिक योगदान दिए । उनले २३ बलमा २ चौका हाने । ओपनर सैफ जैवले १३ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। विनोद भण्डारीले ९ र इशान पाण्डेले ७ रन बनाए । एनपिएलमा मंगलबार २ खेल हुनेछन् । दिउँसो १२ः ३० मा सुरु हुने खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सबीचको खेल साँझ ५ बजे सुरु खेल्नेछ न् ।