सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलअघि भएको टसमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरिरहेको छ ।