सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो श्रृखला खेल्न नेपाल आएको कर्णाली याक्सले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका छन् । समग्रमा उनले ट्वान्टीमा १३१ खेल खेल्दा १२३ विकेट लिनुका साथै ४०३ रन बनाएका छन् । दोस्रो एनपिएलमा समेत कर्णाली याक्सबाटै खेलेका वाटले ११४ रन बनाएका थिए । उनले मात्र ४१ बलमा कीर्तिमानी सतक प्रहार गरेका थिए । आन्द्रेस गौसपछि एनपीएलमा सतक बनाउने उनी दोस्रो खेलाडी समेत हुन् । कर्णालीले विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलरसँगै पाकिस्तान ट्वान्टी टिमका कप्तान साहिवजादा फरहान र हुसैत तलात, बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्यान्डका अलराउन्डर मार्क वाटलाई अनुबन्ध गरेको छ । यस्तै, कर्णालीले घरेलु खेलाडीको रुपमा मार्की सोमपाल कामीसँगै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्सन झा र बलर नन्दन यादव तथा विपिन शर्मा, युनिसविक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।