टंगः मिसा फूचःको कार्यक्रममा ६४ गरे रत्तदान

बिहीबार, साउन २८, २०७८

ललितपुरः टंगः मिसा फूचःको आयोजनामा गरिएको रक्तदान कार्यत्रममा ६४ जनाले रक्तदान गरेका छन् । 
पूचःले कोभिड १९को यो महामारीमा रगतको अभाव हुन सक्ने झन्दै यो कार्यक्रम आयोजना गरेको हो । 
कार्यत्रमकी प्रमुख अतिथि ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले रक्तदान सबैभन्दा महत्वपूर्ण दान भएको बताइन् । महामारीका बेला हुनसक्ने रगत अभावलाई ध्यान दिएर कार्यक्रम आयोजना गरेकोमा उनले पूचःलाई धन्यवाद दिइन् । पूचःकि अध्यक्ष सुमिक्रा रंजितकारले रत्तदान गर्न आउनेहरु उत्साहित भएको बताऊँदै महामारीलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरेको बताइन् । कार्यत्रममा संकलन भएको रगतले अभावलाई केही हदसम्म टार्ने उनले स्पष्ट पारिन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार