समुदायमै पुगेर ललिपुरले ग¥यो एन्टिजेन परीक्षण

बिहीबार, साउन २८, २०७८

ललितपुरः ललितपुर महानगरपालिकाले कोरोना संक्रमितको नजिकको सम्पर्कमा रहेका र कोभिड १९को लक्षण देखिएका व्यक्तिहरुलाई लक्षित गरी समुदायमा नै पुगेर एन्टिजेन परीक्षण गरिरहेको छ । महानगरले पछिल्लो पटक साउन २४देखि २७ गतेसम्म महानगरभित्रका विभिन्न स्थानमा परीक्षण केन्द्र राखेर एन्टिजेन परीक्षण गरेको थियो । त्यस अघि पनि वडापिच्छे परीक्षण केन्द्र राखि एन्टिजेन परीक्षण गरिएको थियो । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले  कोरोना संक्रमण समुदायमा फैलन नदिन समुदायमै पुगेर एन्टिजेन परीक्षण गरेको बताए । उनले भने, ‘ महानगरले आवश्यकता अनुसार वडापिच्छे र महानगरभित्रका विभिन्न ठाउँमा परीक्षण केन्द्र राखेर एन्टिजेन परीक्षण गरिरहेको छ । काम गरिरहेको छ ।’ हालसम्म साढे पाँच हजारको परीक्षण गरिसकेको महानगरले जनाएको छ । परीक्षण गर्दा पोजेटिभ देखिएकालाई महानगरले संचालन गरेको आइसोलेसन सेन्टरमा राखिएको थियो । केही भने स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेको महानगरले बताएको छ । ¥यापिड रेस्पोन्स टिमका संयोजक समेत रहेका अर्यालले आवश्यकता अनुसार परीक्षणको दायरा बढाउने जानकारी दिए । महानगरले महानगरभित्रका वृद्धाश्रम, बालबालिका राखिएका होम्स्मा समेत एन्टिजेन परीक्षण गरेको छ । महानगर कोभिड फोकल पर्सन देवी थापा गुरुङले महानगरको सबै वडामा परीक्षण केन्द्र राखेर केन्द्र राखेर परीक्षण गर्दा समुदायमा कोरोना फैलन सक्ने संभवना नियन्त्रण हुने बताइन् । उनले भनिन् , ‘ कोरोनाको बारेमा जनचेतना जगाउन पनि यसले सहयोग गरेको छ ।’ फोकल पर्सन गुरुङका अनुसार एन्टिजेन परीक्षण गर्न आउनेहरुमध्ये धेरै सार्वजनिक पेशा र व्यवसायमा आबद्ध भएकाहरु धेरै छन् । महानगरले गरेको पछिल्लो एन्टिजेन परीक्षणमा २५ देखि ४० वर्ष उमेर समूहको संख्या धेरै छ ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार