Dashain Banner
Dashain Banner

देव, रोहित र दीपेन्द्रको अर्धशतकमा नेपालको प्रतिस्पर्धात्मक योगफल

सोमबार, कात्तिक २, २०८३

काठमाडौं । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत ओमानलाई २ सय ८१ रनको लक्ष्य दिएको छ ।  ओमानको मस्कटमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ८० रन बनाएको हो । नेपालका  देव खनाल , रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। रोहितले ८१ बलमा ८० रन जोडे । उनले २ चौका र २ छक्का प्रहार गरे । यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)  क्रिकेटमा १४औँ अर्धशतक हो । दीपेन्द्रले ६२ बलमा ६९ रन बनाए। उनको इनिङ्समा ३ चौका र ४ छक्का समावेश थियो। यो दीपेन्द्रको ओडीआईमा ११औँ अर्धशतक हो । ओपनर देव खनालले ६५ बलमा ५७ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । यो चौथो ओडिआई अर्धशतक हो । ईशान पाण्डेले २९ रन जोडे । बासिर अहमदले आक्रामक ब्याटिङ गर्दै ६ बलमा अविजित १७ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे। गुलशन झाले ५ तथा करण केसीले ९ रन बनाए । ओमानका शाह फैसलले ५ , जय ओडेड्राले ३ र समाय श्रीवास्तवले २ विकेट लिए। लिग टु को शीर्ष ६ मा स्थान सुरक्षित गर्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार