सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै छ । ओमान क्रिकेट एकेडेमीमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाल टोलीमा आएका छन् । अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । आज ओमानसँगको खेलमा विजयी भए नेपाल ३० अंकसहित तालिकाको छैटौं स्थानमा उक्लनेछ । त्यसपछि नेपालले जारी लिग–२ प्रतियोगिता पनि छैटौं स्थानमै रहेर टुंग्याउने छ । तर, ओमानसँग पराजित भए नेपालको छैटौं बन्ने सपना समाप्त हुनेछ । क्यानडा २९ अंकसहित तालिकाको छैटौं स्थानमा छ । ३५ खेलबाट २८ अंक जोडेको नेपाल भने तालिकाको सातौं स्थानमा छ । यसअघि शीर्ष–४ को होडबाट बाहिरिसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ । खेल ओमानको घरेलु मैदानमा नेपाली समयअनुसार बिहान ११ : १५ बाट सुरु हुनेछ । आजको खेल नेपालको लागि निकै महत्त्वपूर्ण छ । लिग टु खराब नजिता ल्याएको नेपाललाई शीर्ष ६ मा रहँदै एकदिवसीय क्रिकेट (ओडिआई) को मान्यता कायम राख्नका लागि पनि खेल जित्नै पर्नेछ । ३५ खेलमा १३ मा मात्रै जितेको नेपाल २८ अंकसहित सातौँ स्थानमा छ । आजको खेल जितेमा नेपाल छैटौं स्थानमा उक्लिनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले यसअघि ओमान र क्यानलाई हराएको थियो। अर्को खेलमा क्यानडासँग पराजित भएको थियो ।