Dashain Banner
Dashain Banner

एनपीएलमा नेपाल टेलिकमको प्रायोजन

व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य
आइतबार, कात्तिक १, २०८३

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापछि बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपाली क्रिकेटको विकासमा संस्थागत सहयोग पुर्‍याउनु रहेको बताएका छन् । अधिकारीका अनुसार नेपाल टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ । यसअघि क्लबस्तरमा केन्द्रित रहेको सहभागिता यसपटक भने राष्ट्रियस्तरमा व्यावसायिक साझेदारका रूपमा विस्तार गरिएको उनले बताए । दूरसञ्चार सेवा प्रदायकका रूपमा एनपीएलमा विशेष सहभागिता जनाउन पाउनु कम्पनीका लागि महत्त्वपूर्ण अवसर भएको उनको भनाइ छ । उनले भने, ‘नेपाल टेलिकमले यसअघि पनि नेपाल क्रिकेट संघ र यसले आयोजना गर्ने विभिन्न क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ । यसपटक भने राष्ट्रियस्तरमा दूरसञ्चार सेवा प्रदायकका रूपमा व्यावसायिक साझेदार बनेर एनपीएलमा सहभागी हुन लागेका छौँ । यसको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपालमा लोकप्रिय हुँदै गएको क्रिकेटको संस्थागत विकास र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सहयोग गर्नु हो ।’ उनले एनपीएलको प्रायोजनलाई व्यावसायिक प्रवद्र्धनमा मात्र सीमित नभई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सँग जोडेर हेरिएको बताए । नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा यसको संस्थागत विकास र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उन्नत बनाउन सहयोग पुर्याउने उद्देश्यले प्रायोजन गरिएको उनले स्पष्ट पारे । अधिकारीले एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट औपचारिक मान्यता प्राप्त भएको विषयमा नेपाल क्रिकेट संघलाई बधाईसमेत दिए । उनले यसलाई नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण उपलब्धि तथा कोसेढुङ्गाका रूपमा व्याख्या गरे । उनले भने, ‘यो प्रायोजनलाई व्यावसायिक प्रवद्र्धनमा मात्र सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का रूपमा पनि हेरेका छौँ । नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा यसको संस्थागत विकास र अन्तर्राष्ट्रिय स्तरमा थप उन्नति गर्न एनपीएलमार्फत सहयोग पुग्ने विश्वास लिएका छौँ । एनपीएलले आईसीसीबाट औपचारिक मान्यता प्राप्त गर्नु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि र कोसेढुङ्गा हो । यसका लागि नेपाल क्रिकेट संघलाई बधाई दिँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दछु ।’ आगामी दिनमा एनपीएल अघिल्ला दुई सिजनभन्दा अझ व्यापक, परिष्कृत र दर्शकमाझ लोकप्रिय हुने विश्वास व्यक्त गर्दै अधिकारीले प्रतियोगिताले नेपालसहित अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा समेत विशिष्ट प्रभाव पार्ने अपेक्षा गरे । उनले एनपीएलको सफलताका लागि नेपाल क्रिकेट संघलाई शुभकामना दिँदै प्रायोजनका लागि नेपाल टेलिकमलाई छनोट गरेकोमा धन्यवाद व्यक्त गरे । एनपीएलमार्फत कम्पनीको व्यावसायिक प्रवद्र्धन र सामाजिक उत्तरदायित्वलाई अघि बढाउने अवसर प्राप्त भएको उल्लेख गर्दै अधिकारीले यस सहकार्यले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार