Dashain Banner
Dashain Banner

कस्तो रहनेछ आजको मौसम ?

आइतबार, कात्तिक १, २०८३

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।  मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । आज राती देशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १३:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार