Dashain Banner
Dashain Banner

मिथिलाञ्चल क्षेत्रमा ‘बेलतोडी’, यस्तो विधि र परम्परा

शनिबार, असोज ३१, २०८३

जनकपुर । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज ‘बेलतोडी’ विधि सम्पन्न भएको छ ।  दशैंमा माता दुर्गाको माटोले बनाइएको मुर्तिको आँखा उघार्न (खोल्न) का निम्ति बेल तोडर ल्याइन्छ ।  सोही बेलको डाँटले माताको आँखा खोल्ने विधि सम्पन्न गरिन्छ । जुन स्थानमा धातु वा ढुंगाको मूर्ति हुन्छ सो स्थानको छेउमा तोडिएको बेललाई राखिन्छ । बेलतोडी भन्दा एक दिन अघि (हिजो) बेललाई निम्तो दिने विधि ‘बोलनौती’ गरिएको थियो । जनकपुरधामको राजदेवी मन्दिरबाट निस्किएको नेपाली सेनाको बाजागाजासहितको टोलीले माता राजदेवीलाई सलामी दिँदै बेलतोडी विधि सम्पन्न गरेको छ ।  बेलतोडी विधि सम्पन्न भएसँगै भोली दिउँसोसम्मका लागि खोईँच भराई कायक्रम सुरु भएको छ । भक्तजनहरुले माता राजदेवीलाई आज राती १२ बजेपछि लड्डु चढाउन लाइन लाग्छन् ।  त्यस्तै भोली खोँइच भराई कार्यक्रम पश्चात राती महापूजा हुनेछ । त्यसपछि बोकाबली कार्यक्रम सुरु हुनेछ । 

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  १५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार