Dashain Banner
Dashain Banner

मिठाई उत्पादन तथा बिक्री वितरणमा कडाइ

शुक्रबार, असोज ३०, २०८३

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै मिठाई उत्पादन तथा बिक्री वितरणमा सरकारले कडाइ गरेको छ । व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई यस्तो विवरण उपभोक्ताले स्पष्ट देख्नेगरी मिठाई राख्ने सोकेस वा काउन्टरमा राख्न निर्देशन दिएको हो । विभागले शुक्रबार ण्जारी गरेको सूचनाअनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउनुपर्नेछ । निर्देशनअनुसार मिठाईमा प्रयोग गरिएको मुख्य कच्चा पदार्थको मिश्रण, कुन तेल वा घिउ प्रयोग गरिएको हो, मिठाई कहिलेसम्म उपभोग गर्न सकिन्छ र प्रतिकिलो मूल्य कति हो भन्ने विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । यस्तो व्यवस्था होटल, मिठाई पसल तथा मिठाई भण्डारलगायत मिठाई बिक्री वितरण गर्ने व्यवसायीका लागि लागू हुनेछ । विभागले निर्देशन पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने जानकारी समेत दिएको छ । त्यसैगरी, विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताका आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार