२४ घण्टामा थपिए झण्डै ५ हजार नयाँ संक्रमित 

मंगलबार, साउन २६, २०७८

काठमाडौं । नेपालमा ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १९ हजार १२३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् । यो अवधिमा २ हजार ११५ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  आज ३५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार १५० पुगेको छ। आज देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार