सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ३,६५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । २२ जनाको कोभिड–१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख १७ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,११५ पुगेको छ । सोमवार अपराह्न सार्वजनिक तथ्याङ्कअनुसार १६ हजार ५९४ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ६,१४९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो । अहिले कुल परीक्षणको २२ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ । मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा १,७४८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ३२,९०७ जना घरमा तथा ३,३८१ जना संस्थागत आइसोलेशनमा छन् । अहिले ७४१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८६ जना भेन्टिलेटरमा छन् । कतिले लगाए खोप ? अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या २६ लाख ६ हजार ४६ पुगेका छन् । कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन् । जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ ।