राष्ट्रिय क्रिकेट टोलीको फिटनेस सुधारमा गोहिल 

सोमबार, साउन २५, २०७८

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्ट्रेन्थ र कन्डिसन प्रशिक्षकमा भारतका राकेशकुमार काशीभाई गोहिललाई नियुक्त गरेको छ । गोहिललाई ३८ जना प्रतिस्पर्धीबाट छनोट गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । खेलाडीको फिटनेश सुधारमा गोहिलको मुख्य भूमिका रहने क्यानले जनाएको छ ।
गोहिलले अष्ट्रेलियाको स्ट्रेन्थ तथा कन्डिसनिङ एसोसिएसनबाट लेभल टु पास गरेका छन् । उनीसँग भारतको नेसनल एकेडेमी र रणजी ट्रफ्री खेल्ने टोलीसँग काम गरेको अनुभव रहेको क्यानले जनाएको छ । आगामी महिना ओमानमा आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका हुँदैछ । सोही प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीले बन्द प्रशिक्षण थालिसकेका छन् । 

भलिबलमा अमेरिकालाई स्वर्ण 
    
विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो ।
यसअघि अमेरिका तीन पटक फाइनलमा पुगे पनि रजत पदकमा चित्त बुझाउन बाध्य बनेको थियो । अमेरिकाले सन् १९८४, २००८ र २०१२ मा रजत पदकमा चिक्त बुझाउनु परेको थियो । फाइनल खेलमा अमेरिका सन् १९८४ मा चीनसँग तथा २००८ र २०१२ मा ब्राजिलसँग पराजित भएको थियो । 
अमेरिकाले पहिलो सेटमा २५–२१ को सहज जित निकाल्यो । दोस्रो सेट २५–२० र तेस्रो सेट  २५–१४ को सहज जित निकाल्दै विजयी हुन सफल भयो । त्यसअघि आज नै भएको अर्को खेलमा सर्वियाले कास्य पदक हात पा¥यो । सर्वियाले दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै कास्यपदक जितेको हो । सर्वियाले २५–१८, २५–१५ र २५–१५ को सोझो सेटमा जित निकालेको थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  ०४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार