सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउन प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल     

आइतबार, साउन २४, २०७८

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासको कामले तीव्रता पाएको बताएका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ धारापानीस्थित नवदुर्गा आधारभूत विद्यालय भवन उद्घाटन गर्दै उनले जिल्लाको नारायणी नदीबाट त्रिवेणीसम्म जल यातायात, बिपी अन्तर्राष्ट्रिय खेल मैदान तथा ट्रमा सेन्टरको काम अगाडि बढेसँगै जिल्लामा विकासको गतिले तीव्रता पाएको बताएका हुन् ।     मुख्यमन्त्री पोखरेलले गैँडाकोट–बुलिङटार जोड्ने सडक निर्माणको कामले पनि गति लिएको उल्लेख गर्दै प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध छ भने ।
भुकम्पले सो विद्यालयको भवनभत्किएपछि सोही स्थानमा प्रदेश सरकार संसद् विकास कोषको २१ लाख १० हजार बजेटबाट निर्माण शुरु गरिएको थियो । विद्यालयको भवन निर्माणका लागि अपुग रकम स्थानीय श्रमदान, विद्यालयको आन्तरिक स्रोत र चन्दा सङ्कलनबाट जुटाइएको विद्यालयका प्रधानाध्यापक शक्तिप्रसाद कँडेलले जानकारी दिए । 

'व्यावसायिक क्षेत्रमा छिट्टै खोपको व्यवस्थापन हुन्छ'    

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र कँडेलले व्यावसायिक क्षेत्रमा छिट्टै खोपको व्यवस्था गर्ने बताएका छन् । मन्त्री कँडेलको सम्मानमा होटेल तथा रेष्टुरेन्ट एशोसिएशन, लेखनाथद्वारा आज बेगनास तालमा आयोजित स्वागत कार्यक्रममा उनले कोरोना प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न माग अनुसार खोपको व्यवस्थापन गर्न सरकार गम्भीर रहेको बताए ।
पर्यटकीय रूपमा लेखनाथ क्षेत्र धेरै सम्भावना भएर पनि ओझेलमा परेको उल्लेख गर्दै उनले यसका लागि यहाँका सरोकारवालाको निरन्तर सक्रियता आवश्यक हुनेमा जोड दिए । उनले तालको संरक्षणका लागि जलाधार क्षेत्रबाट आउने गेग्रानको नियन्त्रणका लागि तत्काल पहल थाल्नसरोकारवाला सबैसँग आग्रह पनि गरे । 
बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले सम्भावना भएर पनि ओझेलमा परेको लेखनाथ क्षेत्रको पर्यटकीय विकासलाई चासो दिन मन्त्री कंडेललाई आग्रह गरे । सो तालका डुङ्गा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कँडेलले कोरोनाका कारण प्रभावित पर्यटनलाई जोगाउनका लागि राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिए ।
होटेल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष दुर्गाप्रसाद अधिकारीले प्राकृति रूपमा सम्पन्न लेखनाथमा बाटोघाटोलगायत पूर्वाधार विकासमा राज्यले चासो दिनुपर्ने आवश्यकता औँल्याए ।
पचभैया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीनानाथ ढकालले लेखनाथ क्षेत्र अझै पनि सरकारको प्राथमिकतामा नपरेको बताउँदै राजनीतिक तहबाट आश्वासनभन्दा पनि कार्यान्वयनको पाटोलाई ध्यान दिन आग्रह गरे । 
होटेल तथा रेष्टुरेण्ट एशोसिएशन, लेखनाथका अध्यक्ष अर्जुनप्रसाद लम्सालले लेखनाथलाई सात तालको शहर भनिए पनि त्यस अनुरुप यसको प्रवद्र्धन र विकासमा सरकारको ध्यान नपुगेको गुनासो गरे । 
उक्त अवसरमा मन्त्री कँडेलले बेगनास ताल, बराह, माझीकुनालगायत स्थानमा पुगी त्यहाँका धार्मिक पर्यटकीय सम्भावना बारे जानकारी लिएका थिए ।–रासस

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार