राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
स्वास्थ्य
अझै सम्पन्न भएन बेनी अस्पतालको भवन
अझै सम्पन्न भएन बेनी अस्पतालको भवन
शब्दपाटी
बिहीबार, साउन २१, २०७८
बिहीबार, साउन २१, २०७८
बेनी । ठेकेदारले कार्ययोजना अनुसार काम गरेको भए बेनी अस्पतालको सुविधा सम्पन्न भवन सञ्चालन भइसकेको हुन्थ्यो । अस्थायी र पुराना भवनका साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीको उपचार गर्नुपर्ने समस्या हट्थ्यो । बीस महिना अघिनै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीको विवाद अदालत पुगेपछि अधुरो भवन निर्माण पनि अन्र्योलमा परेको छ । तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले विसं २०७३ मङ्सिर २१ गते ५० श्यया क्षमताको अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । सो निर्माण कम्पनीका सञ्चालक निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवी सिंह हुन् । यो भवन बनाउने जिम्मेवारी रवीन जोशीले लिएका थिए । विसं २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन भवन निर्माणको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत मात्र रहेको सो कार्यालयका प्रमुख प्रभाकरलाल कर्णले जानकारी दिए । “विभिन्न चरणमा भएको लिखित र मौखिक प्रतिबद्धता अनुसार भवन निर्माणलाई गति दिन नसकेपछि कालोसूचीमा राख्ने प्रक्रिया थालेका हांै,” उनले भने, “जमानी बसेको बैंकलाई पहिलो चरणको पत्र काटेका छौं । अब पत्रिकामा सार्वजनिक सूचना जारी गर्छौ ।” तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रङगरोगन, विद्युत्, पानी र फर्निचर जडानलगायतका काम बाँकी छन् । सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोनाका कारण थप भएको म्याद विसं २०७८ जेठ २० गते सकिएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत सरकारले गरेको घोषणा अनुसार आगामी मङ्सिर २० गतेसम्म म्याद थप गर्न सकिन्छ । साझेदारीमा काम गरेका तीन निर्माण व्यवसायीको विवादले काम अघि बढ्ने आधार नदेखिएपछि कारवाही प्रक्रिया शुरुआत गरेको आयोजना प्रमुख कर्णले जानकारी दिए । साझेदारी गरेका तीन निर्माण कम्पनीको लेनदेन विवाद अदालत पुगेको बताइएको छ । अदालतको आदेश अनुसार कार्यालयले रु दुई करोड भुक्तानी रोकेर राखेको छ । दुई वर्ष शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीलाई हस्तान्तरण गरिएको यो आयोजना आर्थिक वर्ष २०७७÷०७८ मा कार्यालयमा फिर्ता ल्याइएको थियो । भवन निर्माण अलपत्र बनेपछि सेवा प्रवाहमा असर परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । “पचास श्यया क्षमता भए पनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौं” उनले भने, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’’ पछिल्लो एक वर्षयता भवन निर्माणको काम सुस्त बनेको छ । नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरङग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयका भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ । पन्ध्र श्यया क्षमताको अस्पताल विसं २०७२ मा पचास श्ययामा स्तरोउन्नति भएको थियो । भूकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्रीसमेत हुनेछ । भूइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा सघन उपचार, कक्ष प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया थियटर, बहिरङग सेवा र अन्तिम तलामा प्रशासन कक्ष बनाउन प्रस्ताव गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि जोशीले पुरानो भवन भत्काउन, रुख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन ढिलाइ भएको बताए । उनले सम्झौता गरेको एक वर्षपछि मात्र काम शुरु गर्न पाएको र काम नरोकिएको दाबी गरे । भवन निर्माणमा खटिएका मजदूरले निर्माण व्यवसायीले ज्याला नदिएको र सामान बेचेका आपूर्तिकर्ताले करोडौं भुक्तानी नपाएको गुनासो समेत गरेका छन् । रासस
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८
१४:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
भारदेउ चुनढुङ्गा उद्योग सञ्चालनको अवस्थाबारे प्रशासनद्धारा अनुगमन
नंः २
दोभानमा आगलागीबाट १० घर जलेर नष्ट
नंः ३
‘जनक परियारलाई राज्यले गैरन्यायीक पक्राउ गर्यो, सर्वोच्चले न्याय दियो’
नंः ४
प्रभावितलाई राख्न पालिका भित्रका ५ वटा खुल्ला स्थान तय
नंः ५
ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरोसँगै ढल्यो घर
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी
सोमबार, असोज १२, २०८३
२० वर्षमा पनि पूरा भएन ३१ किलोमिटरको चक्रपथ
सोमबार, असोज १२, २०८३
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता
सोमबार, असोज १२, २०८३
ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरोसँगै ढल्यो घर
सोमबार, असोज १२, २०८३
थप समाचार
नेपाल आरोग्य पर्यटनको हब
बिहीबार, साउन २१, २०७८
क्यान्सर न्यूनीकरणका लागि नियमित स्क्रिनिङ र स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ : डा.अन्जनी कुमार झा
बिहीबार, साउन २१, २०७८
नसर्ने रोगको जोखिम घटाउन समुदायमै स्क्रिनिङ गर्नुपर्नेमा मुख्यमन्त्री थापाको जोड
बिहीबार, साउन २१, २०७८
सहमति कार्यान्वयन नभए सिंहदरबारअगाडि पुनः आमरण अनशन बस्ने डिल्ली हरिजनको चेतावनी
बिहीबार, साउन २१, २०७८
Subscribe Newsletter
×