सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । समस्याग्रस्त सहकारी संस्थामा जम्मा भएको बचत फिर्ता गर्ने प्रक्रिया आगामी जेठको पहिलो सातादेखि औपचारिक रूपमा सुरु गरिने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार सार्वजनिक गरेको कार्ययोजनामा उक्त तालिका समावेश गरिएको हो । समितिका अनुसार प्रारम्भिक चरणमा माग दाबी पेस गरेका बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइनेछ। दाबी छुट भएका बचतकर्तालाई पुनः आवेदन दिनका लागि आगामी साउनको पहिलो सातासम्म समय खुला गरिने पनि जानकारी दिइएको छ। यसैबीच कर्जा असुली प्रक्रियालाई थप प्रभावकारी बनाउन कानुनअनुसार कडाइ गर्ने निर्णय गरिएको छ। किस्ताबन्दीमा कर्जा तिर्ने लिखित प्रतिबद्धता जनाएर तोकिएको रकम जम्मा गर्ने ऋणीलाई निश्चित समय सुविधा दिइनेछ भने भुक्तानी नगर्ने ऋणीको नाम सार्वजनिक गर्ने, तीन पुस्ते विवरण प्रकाशन गर्ने र परिवारका सदस्यसमेतलाई कालोसूचीमा राख्ने व्यवस्था लागू गरिने समितिले जनाएको छ । समितिका अनुसार हाल समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। उक्त दायित्व व्यवस्थापनलाई प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा भुक्तानी प्रक्रिया अघि बढाइने बताइएको छ।