स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर, प्रवक्तामा अर्याल

शनिबार, वैशाख १२, २०८३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरूको सरुवा तथा काज फिर्ता गर्दै जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय, विभाग र केन्द्रका केही महाशाखा प्रमुखहरूको जिम्मेवारी परिवर्तन गरेकी हुन् । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार यसअघि रिक्त रहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा.अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ । उनको स्थानमा डा.चुमनलाल दासलाई पठाइएको छ । यस्तै, विभागको परिवार कल्याण महाशाखाका प्रमुख रहेका डा.मदन उपाध्यायलाई नारायणी अस्पतालमा सरुवा गरिएको छ । मन्त्रालयमा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (एचईओसी) का प्रमुख तथा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ । अब मन्त्रालयको प्रवक्ताको जिम्मेवारी समन्वय महाशाखा प्रमुख यशोदा अर्यालले सम्हाल्नेछिन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार