सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा

शनिबार, वैशाख ५, २०८३

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने भएको छ । यसअघि मन्त्रालयले आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । तर गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार