सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही । सर्लाहीको गोडैतामा गोडैता नगरपालिकाको आयोजना तथा साउथ सिटी हिमाल हस्पिटल प्रा.ली. वीरगन्जको सहयोगमा सञ्चालन गरिएको एक दिने निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा व्यापक स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि निस्शुल्क वितरण गरिएको आयोजकले जनाएको छ । शिविरबाट जम्मा १ हजार ५० जनाले प्रत्यक्ष लाभ लिएका छन्। लाभग्राहीमध्ये बालबालिकासहित ६५० जना पुरुष र ४०० जना महिला रहेका छन् । ग्रामीण भेगका नागरिकलाई सहज पहुँचमा स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित सञ्चालन गरिएको शिविरबाट स्थानीय बासिन्दा लाभान्वित भएका छन् । साथै, यस्ता कार्यक्रमले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न समेत महत्त्वपूर्ण भूमिका खेलेको सहभागीले बताएका छन् । साउथ सिटी हिमाल हस्पिटल प्रा.ली. वीरगन्जका चिकित्सकहरूले शिविरमार्फत ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष सेवा दिन पाउँदा खुसी लागेको बताए ।