सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ । पार्टीको केन्द्रीय कार्यालयबाट प्रेषित पत्रअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार शाहसँग जोडिएको स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्ति प्रकरणमा अपेक्षित गम्भीरता नदेखिएको भन्दै मन्त्री मेहताको भूमिकामाथि पनि प्रश्न उठाइएको हो । रास्वपाले केन्द्रीय अनुशासन आयोगको अध्ययनका आधारमा उक्त प्रकरणले पार्टीको छवि, आदर्श र मर्यादामा नकारात्मक असर पारेको निष्कर्ष निकालेको जनाएको छ । सोही सन्दर्भमा सम्बन्धित विषयमा जिम्मेवार मन्त्रालयको नेतृत्वमा रहेकी मन्त्री मेहतालाई सचेत गराउन आवश्यक देखिएको पत्रमा उल्लेख छ। यही प्रकरणमा श्रम मन्त्री शाह बर्खास्त भइसकेका छन् ।