मन्त्री पत्नी स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्त 

मंगलबार, चैत २४, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएको विषय विवादमा परेपछि श्रेष्ठले प्रष्टीकरण दिएकी छन् । मन्त्री पत्नी जुनुले आज बिहान फेसबुक स्ट्याटसमा स्पष्टीकरण दिँदै बीमा बोर्डमा मनोनयनसम्बन्धी कुनै पनि पत्र आफूले नबुझेको बताएकी छन् । यसअघि पनि बोर्डमा रहेकी जुनु लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन् । निलम्बनमा परेकी जुनु साह श्रेष्ठलाई पुनः सोही पदमा नियुक्त गरेपछि रास्वपाले उठाएको परिवारवाद र मेरिटको कुरामाथि प्रश्न उठेको थियो । जुनुको पछिल्लो नियुक्ति २०८० मंसिर १४ गते भएको थियो । उनले बीमित सदस्यको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्दै आएकी थिइन् । पछिल्लो समय केही बैठकमा लगातार अनुपस्थित भएपछि उनी स्वतः निलम्बनमा परेकी थिइन् । अहिले पुनः उनलाई सदस्यका रुपमा नियुक्ति दिएको नभई सदस्यका रूपमा बैठकमा निरन्तरतामात्र गराइएको दाबी स्वास्थ्यमन्त्रीको सचिवालयको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार