विशेषज्ञ चिकित्सकलाई दरबन्दी स्थलमै फर्काउने निर्णय

पहिलो चरणमा १४ जनाको काज फिर्ता
मंगलबार, चैत १७, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर कार्यरत विशेषज्ञ चिकित्सकलाई पुनः आफ्नै दरबन्दी भएको अस्पतालमा फर्काउने प्रक्रिया सुरु गरेकी छन् । मन्त्रालयले देशभर स्वास्थ्य सेवाको समान पहुँच सुनिश्चित गर्न तथा दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ जनशक्ति अभाव घटाउने उद्देश्यसहित यस्तो कदम चालेको जनाएको छ । पहिलो चरणअन्तर्गत नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई काजबाट फिर्ता बोलाइएको मन्त्रालयले जनाएको छ । यस क्रममा सुदूरपश्चिमस्थित डडेलधुरा अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल वीरगञ्ज तथा गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी लाई प्राथमिकतामा राखिएको छ । निर्णयअनुसार डडेलधुरा अस्पतालमा ४ जना, नारायणी अस्पतालमा ५ जना र गजेन्द्र नारायण सिंह अस्पतालमा ५ जना विशेषज्ञ चिकित्सकलाई फिर्ता गरिएको छ । काज खारेज गरी दरबन्दीस्थल पठाइएका चिकित्सकमा डा. रोहिता बज्राचार्य, डा. जोसनलाल बज्राचार्य, डा. विशालकुमार देव, डा. प्रकाश ढकाल, डा. सुशील समदर्शी, डा. सन्तोषकुमार गुप्ता, डा. मिसन्ता शर्मा, डा. नविनचन्द्र भट्ट, डा. सुयोग्य वाग्ले, डा. सोनीका धरी श्रेष्ठ, संजोग तिमिल्सिना, डा. अरुण ज्ञवाली, डा. मुकेश पौडेल र डा. दिपेश भट्टराई रहेका छन् ।

image-220-1774960609.png
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार