सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उपचारको प्रभावकारी व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले मुद्दामा पाँच दिनको म्याद थप गर्ने अनुमति प्रदान गर्दै उपचार प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको हो । अदालतले प्रतिवादी अस्वस्थ रहेको र हाल अस्पतालमा उपचाररत अवस्थालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सेवा सुनिश्चित गर्न आदेश जारी गरेको जनाएको छ । अदालतमा पेश गरिएका विवरणअनुसार पक्राउपछि स्वास्थ्य समस्या देखिएपछि ओली अस्पताल भर्ना भएका थिए । सोही कारण उनले इजलासमा भर्चुअल माध्यमबाट उपस्थित भई बयान दिएका थिए । ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिइएको थियो ।