जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समिति अध्यक्षमा रावत नियुक्त

शुक्रबार, चैत १३, २०८२

बाजुरा । जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिको अध्यक्षमा धनबहादुर रावत नियुक्त भएका छन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ निवासी रावतलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा रावतलाई अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा जिम्मेवारी दिएको हो । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकबाट विभिन्न अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू नियुक्त गरिएका हुन् । जिल्ला अस्पताल बाजुरामा नियुक्त भएका रावत नेपाली कांग्रेसका हुन्। यसअघि अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नेकपा समाजबादीका तर्फबाट सिफारीस भएका मान बहादुर कार्की थिए। उनको कार्यकाल सकिएसँगै अस्पताल अध्यक्ष विहिन थियो । कार्की अध्यक्ष भएको बेला बडिमालिका नगरपालिकाले पहिलोपटक नेतृत्व पाएको थियो। त्यस अघिका नेतृत्वमा बडिमालिका नगरपालिकाका कोही थिएन। रावत नियुक्तकोे बिषयलाई लिएर अहिले कांग्रेस बाजुरा भित्रै विवाद चलेको छ। पार्टीभित्रकै गुटबन्दीका कारण विवाद सतहमा पुगेको हो । त्यस्तै नेकपा एमालेका नेता तथा कार्यकर्ता समेत समेत असन्तुष्ट देखिएका छन्। एमाले कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत नेतृत्वप्रति आक्रोश पोख्दै निर्णय तत्काल सच्याउन माग समेत गरेका छन्।अहिले अध्यक्ष नियुक्ति प्रक्रियालाई लिएर कांग्रेस पार्टी भित्रकै आन्तरिक विवाद सतहमा आएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार