आज इद उल फित्र पर्व मनाइँद

शनिबार, चैत ७, २०८२

काठमाडौं । आज इद उल फित्र पर्व मनाइँदै छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार